काठमाडौंमा गोली काण्ड गर्ने ईन्स्पेक्टरलाई कारबाहीको सिफारिस

काठमाडौं । प्रहरी प्रभाग, बलम्बु, काठमाडौंमा गोली चलाएको घटनामा तानिएका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई कारबाही सिफारिस भएको छ ।

प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फागुन ६ गते प्रहरी कार्यालयभित्र प्रहरी निरीक्षक श्रेष्ठको ९ एमएमको पेस्तोल एक्कासि चल्दा सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।

प्रहरी निरीक्षक श्रेष्ठ गोली काण्डमा बलम्बुबाट परिसर तानिएपछि प्रहरी निरीक्षक आदित्यकुमार विष्टलाई बलम्बु पठाइएको छ ।

Published : Wednesday, 2024 March 13, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया