सुन तस्करी काण्डहरू आइरहेका बेला एआईजी थापाले विमानस्थलबाट ५४ प्रहरीलाई हटाए

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ जना प्रहरीलाई हटाएका छन् ।

एआईजी थापाले ५४ प्रहरीहरूलाई हटाएको बताएका छन् । विमानस्थलमा उनीहरूलाई हटाएर नयाँ प्रहरी पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी, लागुऔषध तस्करी, मानव तस्करी जस्ता गैरकानूनी गतिविधि भइरहेका बेला एआईजी थापाले प्रहरीहरूलाई एकसाथ ठूलो संख्यामा सरुवा गरेका छन् ।

केही प्रहरी विमानस्थलमा १६ वर्षदेखि बस्दै आएका थिए । विमानस्थलको सुरक्षा र तस्करी रोक्नका लागि एआईजी थापाले आफूलाई कडाइका साथ प्रस्तुत गरेका छन् ।

Published : Wednesday, 2024 March 13, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया