देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

लमही । सवारी दुर्घटनामा दाङको देउखुरीमा ४० वर्षीय हरि पौडेलको मृत्यु भएको छ ।

लमही नगरपालिका–३ बनगाउँस्थित हाईवे होटल नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा भे.१ ख ३९९८ नम्बरको बसको ठक्करबाट लमही नगरपालिका–४ भैसमुरा बस्ने पौडेलको सोमबार साँझ मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Tuesday, 2024 March 12, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया