सुनसहित विमानस्थलबाट प्यूठानकी संगीता पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित २८ वर्षीया संगीता परियारलाई पक्राउ गरेको छ ।

करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्यूठानको ऐरावती गाउँपालिका–६ घर भएकी परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

फ्लाई दुवईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनको लकेट सहित पक्राउ गरेको छ ।

परियारको साथबाट प्रहरीले सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनीहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थान पनि बरामद गरेको छ ।

परियारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।

उता, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका–५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 March 12, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया