पाल्पा घर भएका अर्याल गृह मन्त्रालयको सचिवमा सरुवा

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत थिए ।

श्रम मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका अर्याल सह–सचिव हुँदा काठमाडौंको सीडीओ रहिसकेका छन् । सरकारले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ ।

पाल्पा जिल्ला स्थायी घर भएका सचिव अर्याल कुशल प्रशासक मानिन्छन् । श्रम मन्त्रालयमा रहँदा उनले धेरै सुधारहरू गरिसकेका छन् ।

उनले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी सम्हालेका छन् । नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत पदमा कार्यरत रहि सकेका छन् ।

Published : Monday, 2024 March 11, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया