झापाका संग्रौला सुन्धाराबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४२ वर्षीय प्रवीण संग्रौलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ कपन बस्ने संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपियाँ भराउने सजाय ठहर भएको थियो ।
सजाय भएपछि संग्रौला फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, लगनखेल, ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया