झापाका संग्रौला सुन्धाराबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४२ वर्षीय प्रवीण संग्रौलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ कपन बस्ने संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपियाँ भराउने सजाय ठहर भएको थियो ।

सजाय भएपछि संग्रौला फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, लगनखेल, ललितपुर पठाइएको छ ।

Published : Monday, 2024 March 11, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया