२५ वर्षीया पूर्णिमा र उनका साथीहरू ठूलो रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँके जिल्लामा स्रोत नखुलेको ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

नेपालगंज उप–महानगरपालिका–१ स्थितबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार नेपाली रूपियाँसहित ३ जनालाई आइतबार साँझ पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २० वर्षीय अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका–२ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगंज उप–महानगरपालिका–१६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

Published : Monday, 2024 March 11, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया