धम्बोझीमा ब्रोईलर कुखुराको तीन सय किलो मासु बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले ब्रोईलर कुखुराको करीव ३ सय किलो अबैध मासु बरामद गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ धम्बोझीस्थित घनश्याम सोनकरले संचालन गरेको मासु पसलमा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।

सोनकरको प्रदीप मासु पसलमा ६ वटा जुटको बोराभित्र २९१ किलो छाला र हड्डी नभएको ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंजमा पठाइएको छ ।

Published : Monday, 2024 March 11, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया