सभापति देउवाले बोलाए कांग्रेस संसदीय दल कार्यसमिति बैठक

काठमाडौं । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा सभापति देउवाले आइतबार ४ बजे बैठक बोलाएका हुन् ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउन खोजेको छ । कांग्रेसले कसलाई अध्यक्षमा उम्मेदवार बनाउने केही भनेको छैन ।

Published : Sunday, 2024 March 10, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया