देउखुरीमा ज्ञान ज्योति बोर्डिङ स्कुलको बसमा आगलागी

देउखुरी । दाङको देउखुरीस्थित बागमरुवामा स्कुलको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

गढवा गाउँपालिका–२ बागमरुवा टोल बस्ने अर्जुन योगीको घरको आँगनमा पार्किङ गरी राखेको श्री ज्ञान ज्योति ई.बोर्डिङ स्कुल गढवा दाङको लु.१ क ५३३५ नम्बरको बसमा शुक्रबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ । अर्जुन योगीको कच्ची भान्सा घर समेत आंशिक रूपमा जलेर क्षति भएको छ ।
आगलागीबाट करिब ५८ लाख ८० हजार रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, काठमाडौं महानगरपालिका–८ गुहेश्वरी फाँटस्थित भारत घर भएका ५० वर्षीय पंकज शर्माको फर्निचर कारखानामा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरहरू तथा ४ थान मोटरसाइकल समेत जलेर करिब ३० लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

Published : Saturday, 2024 March 9, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया