ऋषिङमा आगलागीमा जलेर पाँच वर्षीय बालकको मृत्यु
ऋषिङ । तनहुँ जिल्लामा आगलागीमा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ऋषिङ गाउँपालिका–६ दाउन्ने बस्ने ऋषिराम थापा मगरको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा ऋषिरामको नाती ५ वर्षीय शिशिर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा ती बालकले गोठभित्र सुकेको पराल, काठ दाउरा समेत रहेको स्थानमा लाईटर खेलाउने क्रममा गोठमा आगलागी भएको बुझिन आएको प्रहरीले उल्लेख गरेको छ ।
आगलागीबाट गोठ पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
Published : Saturday, 2024 March 9, 4:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया