ऋषिङमा आगलागीमा जलेर पाँच वर्षीय बालकको मृत्यु

ऋषिङ । तनहुँ जिल्लामा आगलागीमा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऋषिङ गाउँपालिका–६ दाउन्ने बस्ने ऋषिराम थापा मगरको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा ऋषिरामको नाती ५ वर्षीय शिशिर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा ती बालकले गोठभित्र सुकेको पराल, काठ दाउरा समेत रहेको स्थानमा लाईटर खेलाउने क्रममा गोठमा आगलागी भएको बुझिन आएको प्रहरीले उल्लेख गरेको छ ।

आगलागीबाट गोठ पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

Published : Saturday, 2024 March 9, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया