झापा २२ र पाल्पामा १६ वर्षीयालाई करण, दुई जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा झापा र पाल्पाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
झापाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीवनले झापा मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरको विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय बुद्धबहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाल्पाको तानसेन नगरपालिका–९ दमकडा बेलडाँडास्थित एक घरमा बिकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडीफाँटाबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया