आयाेगले रेशम चौधरीलाई अध्यक्ष मान्न अस्वीकार
काठमाडौं । टीकापुर प्रकरणमा परेर आममाफी पाएका रेशमलाल चौधरीलाई निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेकाे छ ।
आयाेगले चौधरीलाई नाउपाकाे अध्यक्षमा नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । आयाेगकाे निर्णयले चौधरीलाई तनाब भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मालेे राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेअनुसार नाउपाको दलको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय गरेकाे आयाेगले जनाएको छ ।
Published : Thursday, 2024 March 7, 3:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया