दोलखा, रामेछाप र ओखलढुङ्गाका केटाहरुको ग्याङ घट्टेकुलोबाट पक्राउ
काठमाडौं । प्रहरी हौं भन्दै डर त्रास देखाई लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ ।
घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको कपन बस्ने दोलखाको शैलुङ्ग गाउँपालिका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछापको मन्थली नगरपालिका–९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने विनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका–५ डेरा गरी बस्ने ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ घर भएका ३७ वर्षीय प्रेम राई रहेका छन् ।
उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरी सकेपश्चात हामी प्रहरी हौं भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिहंदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद २१ हजार ४ सय ७० रूपियाँ, मोबाइलहरू, सेट १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया