हत्या गरेर २३ वर्षदेखि फरार मान्छे पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४४ वर्षीय प्रेमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भएका तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०५७ माघ १६ गते नुवाकोट साविक ध्याङ्फेदी गाबिस–३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई प्रेमबहादुर तामाङ समेतले खुकुरी प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।
Published : Tuesday, 2024 March 5, 9:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया