ज्ञान र शान्ति शास्त्रबाट होइन, आफैभित्रबाट पाइन्छ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहारको उद्घाटन गरेका छन् ।
शनिबार आयोजित विशेष समारोहमा उपाध्यक्ष डा.लामाका साथै आठौँ संघ नायक भिक्षु बोधिसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष फ्रा. धम्मशोभन महास्थवीर, अखिल नेपाल भिक्षु महासंघ सचिव भिक्षु निग्रोध महास्थवीरले विहारको उद्घाटन गरेका हुन् ।
डा.लामाले शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताएका छन् । उनले ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफैभित्रबाट पाइने बताएका छन् ।
उपाध्यक्ष डा. लामाले सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको बताएका छन् ।
विहारभित्र बुद्ध मूर्ति एवम् अभ्यास कक्षहरु स्थापना गरिएको छ । विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया