सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

गोडैता । सर्लाही जिल्लामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–८ स्थित सडकमा मधेश प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका–९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ ।

Published : Monday, 2024 February 26, 7:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया