विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ, रुपन्देहीमा चाँदी बोकेको मान्छे भाग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको शंकास्पद बस्तुसहित एकजना पक्राउ परेकी छिन् ।
करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।
उता, उपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भैरहवा भन्सार कार्यालय नजिकबाट चाँदी जस्तो देखिने धातु करिब १ किलो २ सय ग्राम र पहेलो रंगको पित्तल जस्तो देखिने धातु ४ तोला ३९ लाल शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रूपमा लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त धातु छाडी मानिस फरार भएपश्चात उक्त परिमाणको धातु प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया