हेटौँडामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

हेटौँडा । मकवानपुर जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Monday, 2024 February 26, 7:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया