सभापति डा.राणाद्वारा संसदमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी विधेयक पेश
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गरेकी छिन् ।
शुक्रबार बसेको संसदको बैठकमा सभापति डा.राणाले विधेयक पेश गरेकी हुन् । विधेयकमाथि समितिमा सरोकारवालाहरूसँग छलफल भएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ समितिले दफावार छलफल गरि तयार गरेको प्रतिवेदन सहितको विधेयक प्रतिनिधिसभा नियमावली २०७९ को नियम १२१ बमोजिम सभापति डा.राणाले सदनमा पेश गरेकी हुन् ।
राष्ट्रियसभामा उत्पपत्ति भएको विधेयकलाई सभापति डा.राणाले समितिमा छलफल गराइ समयभित्र सदनमा पेश गरेकी छिन् ।
Published : Saturday, 2024 February 24, 10:52 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया