एमालेका नेता पुर्पक्षका लागि जेल चलान
पोखरा । प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका एमालेका नेता अर्जुन गिरी सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार गिरी बुधबार अदालतमा उपस्थित भएका थिए ।
गिरी ‘ताण्डव न्यूज डटकम’का प्रधान सम्पादकसमेत हुन् । गिरी मित्रमिलन सहकारीका प्रेस सल्लाहकार थिए । गिरी नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य एवम् पोखरा– २१ का वडा इन्चार्जसमेत हुन् ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्यसँग मिलेर करिब २७ करोड रुपियाँ रकम अपचलन गरेको आरोप छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया