सीआईबीद्वारा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकको खाताबाट लाखौँ रकम चोरी गरेको अभियोगमा कनिष्ठ सहायक रोहितकुमार ओझालाई पक्राउ गरेको छ ।
ग्राहकको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी ओझालाई सीआईबीले पक्राउ गरेको जनाएको छ । ओझा राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्जस्थित पोखरिया शाखामा कार्यरत बैंकमा कार्यरत थिए ।
ओझाले कनेक्ट आइपिएसमार्फत ग्राहकको रकम चोरी गरेको आरोप छ । ग्राहकले उजुरी गरेपछि ओझालाई पक्राउ गरिएको छ ।
सीआईबीले आरोपी ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Wednesday, 2024 February 21, 12:27 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया