बलम्बुको गोली काण्डबारे छानविन गर्न समिति गठन
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग बलम्बुको गोली काण्डबारे छानविन गर्न समिति बनाएको छ ।
ईन्स्पेक्टरले बोक्ने पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न प्रहरी परिसरले डीएसपी गंगा पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
आइतबार प्रहरी प्रभाग बलम्बुका ईन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोक्ने पेस्तोलबाट फायर भएको थियो । एकना घाइते भएका थिए ।
ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो । ईन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर घटनाबारे छानबिन भइरहेको छ ।
Published : Tuesday, 2024 February 20, 12:17 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया