तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, २ को मृत्यु, १६ जना घाइते
दमौली । तनहुँ जिल्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरादी–हिलेखर्कस्थित सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ ।
मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताएका छन् ।
अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Published : Monday, 2024 February 19, 8:23 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया