बबाली डीएसपी केसी काठमाडौंमा पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई पक्राउ गरेको छ ।
आइतबार काठमाडौंको स्वयम्भूबाट डीएसपी केसीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
डीएसपी केसीले सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । केसी सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत छन् ।
डीएसपी केसीले रेष्टुरेन्टमा अनुमतिविना महिलाको अश्लील भिडियो खिचेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Sunday, 2024 February 18, 10:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया