घोराहीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु
घोराही । दाङ जिल्लामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
घोराही उप–महानगरपालिका–१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूकुम पूर्व जिल्लाका भूमे गाउँपालिका–१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवातर्फ रिफर गरिएको छ ।
Published : Sunday, 2024 February 18, 4:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया