ओखलढुङ्गामा कर्मचारी बोकेको जीप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
मोलुङ । ओखलढुङ्गा जिल्लामा स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् ।
मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्कतर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिएर जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो जीप अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट अन्दाजी १ सय फिट तल खसेको छ । दुर्घटनामा मोरङ घर भएका चालक २६ वर्षीय गणेश रसाईलीको घट्नास्थलमै मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार ५ जनामध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ । ३ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।
Published : Thursday, 2024 February 15, 9:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया