उदयपुरका तामाङ स्वयम्भूबाट पक्राउ
काठमाडौं । रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको छ ।
१ लाख ६५ हजार रूपियाँ ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फूलबारी घर भई काठमाडौंको स्वयम्भू बस्ने तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
तामाङले २ जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।
पीडितहरूबाट पटक पटक गरी तामाङले रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया