विमानस्थलबाट ठूलो रकमसहित अब्दुल्ला मीना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले विदेशी मुद्रासहित टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मीनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं आएका अब्दुल्लालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित ५ सय दरका १ सय ९२ थान गरी ९६ हजार भारतीय रूपैयाँ बरामद भएको छ ।

अब्दुल्लाको साथबाट प्रहरीले १ सय दरका २३ थान र ५० दरको १ थान गरी जम्मा २ हजार ३ सय ५० अमेरिकी डलर र १० लाख दरका ९ थान र ५ लाख दरका २६ थान गरी जम्मा २ करोड २० लाख इरानी रियाल फेलापारेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बरामद विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुरमा पठाइएको छ ।

Published : Thursday, 2024 February 15, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया