पाल्पामा भएको जीप दुर्घटनाप्रति मुख्यमन्त्री चौधरीद्वारा गहिरो दु:ख व्यक्त
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पामा भएको जीप दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
मंगलबार साँझ ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । १८ जना यात्रु घाइते भएका छन् ।
मुख्यमन्त्री चौधरीले पाल्पामा भएको जीप दुर्घटनाका घाइतेहरूको उपचारमा विशेष ध्यान दिन मातहतलाई निर्देशन दिएका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका यात्रुका आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।
मुख्यमन्त्री चौधरीले पाल्पामा कसको लापरबाहीले दुर्घटना भएको हो अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गर्ने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया