तरुण दल सिन्धुलीको रचनात्मक कार्यक्रम, तरुणहरूलाई हौसला दिन अध्यक्ष गुरुङ आफै जाने

काठमाडौं । विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ फागुन ४ गते सिन्धुली जाने भएका छन् ।

नेपाल तरुण दल सिन्धुली जिल्ला कार्यसमितिले फागुन ४ गते हरिहरपुरगढी गाउँपालिकाको वडा नं. २ झनझनेमा आयोजना गर्न लागेको नि:शुल्क मुटु रोग विशेषज्ञ स्वास्थ शिविरको कार्यक्रममा सहभागी हुन अध्यक्ष गुरुङ सिन्धुली जान लागेका हुन् ।

तरुण दल सिन्धुलीले आयोजना गरेको रचनात्मक कार्यमा हौसला दिन अध्यक्ष गुरुङ सिन्धुली जान लागेको केन्द्रीय कार्यालयले जनाएको छ ।

सिन्धुलीमा अध्यक्ष गुरुङले तरुणहरूसँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । उनले नेपाली कांग्रेसका साथै नेविसंघ लगायतका स्थानीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य शिविरमा ओपीडी, इसीजी, औषधि, ईको नि:शुल्क परीक्षण एवम् दम, थाइराइड, फोक्सो, मानसिक स्वास्थ्य सम्बन्धी शिविर राखिएको नेपाल तरुण दल सिन्धुलीका जिल्ला अध्यक्ष शहदेव मैनालीले बताएका छन् ।

झनझनेमा आयोजना हुन लागेको बृहत् स्वास्थ्य शिविरमा सहभागी भएर नि:शुल्क रुपमा स्वास्थ्य सेवा लिन अध्यक्ष मैनालीले आग्रह गरेका छन् ।

Published : Monday, 2024 February 12, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया