काठमाडौंमा उपचार गराउँदै आएकी दाङकी प्रतिमा रेग्मी हराइन्

काठमाडौं । उपचार गराउँदै आएकी प्रतिमा रेग्मी काठमाडौंबाट हराएकी छिन् ।

दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. १९ बासगढी दाङ स्थायी घर भएकी रेग्मी (anxiety) उपचारका क्रममा हराएकी हुन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १०, सतुंगल, धौलागिरी आवास क्षेत्रमा बस्दै आएकी थिइन् ।

रेग्मीले चिन्तासम्बन्धी समस्याको उपचार गराउँदै आएकी थिइन् । माघ २२ गते सोमबार साँझ ७ बजेर १५ मिनटमा रेग्मी घरबाट हराएकी हुन् ।

रातो ज्याकेट, कालो कुर्ता, सुरुवाल, सेतो चप्पल लगाएर घरबाट निस्किएको आफन्तले जनाएका छन् । रेग्मीको माइत घोराही उपमहानगरपालिकाको बरगद्धीमा पर्छ । विवाह भएपछि तुलसीपुर गएकी हुन् ।

रेग्मीको धेरै खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको परिवारजनले बताएका छन् । परिवारजनले रेग्मीलाई फेला पारेमा नजिकको प्रहरी वा ९८५११८०१४२ र ९८५५०५८०११ नम्बरमा सम्पर्क गरेर खबर गरिदिन अनुरोध गरेका छन् ।

Published : Saturday, 2024 February 10, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया