प्रहरी सहायक हवल्दारको मृत्यु भएपछि छानबिन समिति गठन
काठमाडौं । गाडीबाट लडेर मृत्यु भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको विषयमा छानविन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरले छानबिन समिति बनाएको छ ।
शुक्रबार उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी अनिल अधिकारी सदस्य रहेका छन् ।
बिहीबार राति ११:१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर प्रहरी सहायक हवल्दार एलजीको मृत्यु भएको थियो ।
सहायक हवल्दार एलजीको उपचारका क्रममा मृत्यु भएको थियो । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने क्रममा पछाडिबाट सडकमा खस्दा सहायक हवल्दार एलजीको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । भ्यानका चालक प्रहरी सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया