काठमाडौं हिँडेको रात्रि बस लमही–६ मा दुर्घटना
लमही । दाङको देउखुरीस्थित लमही नगरपालिका– ६ कुलमोहर नजिक यात्रु बस दुर्घटना भएको छ ।
बिहीबार राति ९ बजे रा १ ख ३१३२ नम्बरको बस दुर्घटनामा परेको हो । बस तुलसीपुरबाट काठमाडौंतर्फ जाँदै थियो । बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको छ । बसका यात्रु सबै सकुशल रहेका छन् । बसमा ३६ जना यात्रुहरू थिए ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोष्ट लमहीबाट सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
एक महिनाभित्र दाङ जिल्लामा तीन वटा यात्रु बाहक बस दुर्घटना भइसकेका छन् । भालुबाङ्गको पुलबाट बस खसेर दुर्घटना हुँदा धेरै यात्रुको मृत्यु भएको थियो । दाङकै इमिलियामा पनि पनि बस दुर्घटना भएको थियो ।
Published : Friday, 2024 February 9, 3:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया