यी १२ न्यायाधीशहरूको सरुवा
काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला न्यायाधीशसहित १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।
मंगलबार परिषदले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा सरुवा गरेको छ ।
सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।
कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा सरुवा भएको परिषदले जनाएको छ ।
सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा सरुवा भएको छ । कास्कीका अवनी मैनालीको मकवानपुर जिल्ला अदालतमा सरुवा भएको छ ।
तेह्रथुमका प्रमेश पोखरेको पर्सामा सरुवा भएको छ । रौतहटका तेजबहादुर खड्काको झापामा सरुवा भएको छ ।
झापाका न्यायाधीश भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरिएको परिषदले जनाएको छ ।
जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवनमा सरुवा भएको छ । नवलपुरका न्यायाधीश बाबुराम सुवेदीको मोरङमा सरुवा भएको छ ।
जिल्ला अदालत दाङका न्यायाधीश कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।
बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्नेगरी सरुवा गरिएको परिषदले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया