झापामा बिक्रमको हत्या, मिलनलाई ठाउँको ठाउँमै पक्राउ
काठमाडौं । झापा जिल्लामा ३५ वर्षीय बिक्रम सेनेहाङ्कोलाई हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय मिलन पुरकोटीलाई पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका–२ घर भएका बिक्रमको हत्या गरेको अभियोगमा झापाको शिवसताक्षी नगरपालिका–८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने मिलनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा बिक्रम गम्भीर घाइते भएका थिए ।
खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया