चिकित्सकहरूको सल्लाहमा उपचार गर्न राष्ट्रपति भारत प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको छ ।
बुधबार बिहान राष्ट्रपति पौडेल थप उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । पौडेल श्री एयरलाईन्सको जहाजबाट नयाँदिल्ली प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ ।
पौडेलको अल इण्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलले विगतमा पनि एम्स अस्पतालमा उपचार गराउने गरेका थिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक र एम्स अस्पतालका चिकित्सकहरूका बीच परामर्श भएपछि पौडेललाई उपचारका लागि एम्समा जान सल्लाह दिएका थिए ।
चिकित्सकहरूको सल्लाहपछि पौडेललाई थप उपचार गर्न एम्स अस्पताल पठाइएको छ ।
Published : Wednesday, 2023 April 19, 11:16 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया