गगन थापाले रवि लामिछानेका कर्तुतहरू खोलेपछि बल्ल चितवन २ का मतदाताको आँखा खुल्यो
भरतपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भावनाको व्यापार गरिरहेको बताएका छन् ।
सोमबार चितवन २ मा आयोजित चुनावी कार्यक्रममा महामन्त्री थापाले संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर लामिछानेले जनतालाई भम्र छरेको बताए ।
उनले परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावानामा नबग्न सबैलाई आग्रह गरेका छन् ।
‘चितवन–२ का मतादाता भावनात्मक ब्यापारमा बहकिनुहुन्छ कि तथ्यमा टेकेर निर्णय गर्नुहन्छ’, थापाले भने, ‘उप–निर्वाचन किन हुँदैछ भनेर कुनै दल नबनी स्वतन्त्र बहस गर्नुस् अनि निर्णय गर्नुहोस् त ।’
महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताएका छन् ।
उनले सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताएका छन् । उनले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।
थापाले भने, ‘बरु भोटै हाल्दिन भन्न पाइन्छ । पार्टीमा बसेर बाहिर बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो हुँदैन । मनमा हरि छ भने अरुले नदेखेपनि हरिले देख्छन् ।’
उनले भने, ‘पार्टीको नीति र निर्णयको विषयमा तपाईंको प्रश्न होला । त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । यो पाँच वर्ष खेर जान दिनु हुँदैन ।’
लोकरिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताएका छन् ।
‘लोकरिझाइँको राजनीतिले २/४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ’, उनले भने, ‘के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो ।’
थापाले भने, ‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ ।’
महामन्त्री थापाले चितवन–२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन मतदातासँग आग्रह गरेका छन् ।
अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन–२ मा उप–निर्वाचन भएको उल्लेख गर्दै थापाले भने, ‘उप–निर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’
महामन्त्री थापाले सरकार सञ्चालनको वर्तमान पद्धतिप्रति समेत असन्तुष्टि जनाएका छन् ।
आगामी पाँच वर्ष हेर्दाहेदै खेर जाने चिन्ता लागेको उनले बताएका छन् । संसदमा प्रधानमन्त्रीलाई सर्वाधिक प्रश्न गर्ने सांसदका रुपमा आफू उभिने उनले प्रतिवद्धता गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र आफूसँग चित्त नबुझेको भए त्यसको शिकार उम्मेदवार जीतनारायण श्रेष्ठलाई नबनाउन उनले आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया