कांग्रेसले ४ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंगो लगायो
काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लागेको छ ।
कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको थियो । कांग्रेसले एउटा राज्य मन्त्री पनि पाएको छ । कांग्रेसले नाम टुंगो लगाएपछि शपथको तयारी शुरु भएको छ ।
कांग्रेसबाट उप–सभापति धनराज गुरुङ, नेताहरू मोहनबहादुर बस्नेत, एनपी साउद, डिगबहादुर लिम्बुले मन्त्री पदको शपथ लिनेछन् ।
सुरेन्द्र आचार्यले राज्यमन्त्री पदको शपथ लिनेछन् । सांसद बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् । साउदले परराष्ट्र मन्त्रीको जिम्मेवारी लिनेछन् ।
लिम्बुलाई कानून मन्त्रालय दिने भनिएको छ । गुरुङलाई खेलकुद वा वन मन्त्रालय दिने सम्भावना छ ।
Published : Wednesday, 2023 April 12, 10:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया