मधुमेहका बिरामीले कुन फलफूल खाने ? कुन नखाने ?

काठमाडौं । मधुमेहका बिरामीले केरासहितका फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् ।

मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र कति सुगर देखिन्छ भन्ने हो ।

फलफूल खाँदा निकै सावधान हुनुपर्छ । मधुमेहका बिरामीले केरा, आँप, अँगुर, भुइँकटहर खान नहुने चिकित्सकहरूको भनाइ छ । धेरै पाकेको केरा खान नहुने सुझाव छ । अँगुर मधुमेहका बिरामीले खानै नहुने सुझाव छ । यी फलफूलहरूमा सुगरको मात्रा धेरै हुने भएकाले बिरामीहरूलाई समस्या हुन सक्ने जनाइएको छ ।

खानै परे एक दिनमा एउटा मात्र फलफूल खाने सुझाव छ । चिकित्सकहरूले एकै पटक धेरै फलफूल खान नहुने सल्लाह दिएका छ ।

बरु मधुमेहका बिरामीले किबी, बदाम, काजु, ओखर, एभोकाडो, मेवा, बेरी, स्याउ, सुन्तला, बेलौती, चेरी, नस्पाती, आरुबखडा, आरु, जामुन लगायतका फलफूल खान सकिने जनाइएको छ । चिकित्सकहरूले फलफूललाई जुस बनाएर नखान सचेत गराएका छन् ।

Published : Tuesday, 2023 April 11, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया