मधुमेहका बिरामीले कुन फलफूल खाने ? कुन नखाने ?
काठमाडौं । मधुमेहका बिरामीले केरासहितका फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् ।
मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र कति सुगर देखिन्छ भन्ने हो ।
फलफूल खाँदा निकै सावधान हुनुपर्छ । मधुमेहका बिरामीले केरा, आँप, अँगुर, भुइँकटहर खान नहुने चिकित्सकहरूको भनाइ छ । धेरै पाकेको केरा खान नहुने सुझाव छ । अँगुर मधुमेहका बिरामीले खानै नहुने सुझाव छ । यी फलफूलहरूमा सुगरको मात्रा धेरै हुने भएकाले बिरामीहरूलाई समस्या हुन सक्ने जनाइएको छ ।
खानै परे एक दिनमा एउटा मात्र फलफूल खाने सुझाव छ । चिकित्सकहरूले एकै पटक धेरै फलफूल खान नहुने सल्लाह दिएका छ ।
बरु मधुमेहका बिरामीले किबी, बदाम, काजु, ओखर, एभोकाडो, मेवा, बेरी, स्याउ, सुन्तला, बेलौती, चेरी, नस्पाती, आरुबखडा, आरु, जामुन लगायतका फलफूल खान सकिने जनाइएको छ । चिकित्सकहरूले फलफूललाई जुस बनाएर नखान सचेत गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया