चार एआईजीको पदस्थापना, डीआईजीमा १३ जनाको बढुवा तयारी
काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा र पदस्थापन भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो । एआइजी सन्दीप भण्डारीलाई मानव स्रोत विकास विभागमा पदस्थापना गरिएको छ ।
एआईजी मीरा चौधरीलाई कार्य विभागमा पदस्थापना गरिएको छ । एआईजी टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
एआइजीमा बढुवासँगै प्रहरीमा डीआइजीका १३ पद रिक्त भएका छन् । प्रहरी प्रधान कार्यालयले डीआइजीमा पनि बढुवाको तयारी अघि बढाएको छ ।
Published : Friday, 2023 April 7, 11:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया