यौन क्षमता कसरी बढाउने ?

काठमाडौं । यौन क्षमतालाई बढाउन नियमित व्यायाम र खानपानमा सुधार गर्नुपर्ने देखिएको छ ।

जथाभावी खानेकुरा खाँदा यौन क्षमतामा ह्रास आउने गरेको अध्ययनले देखाएको छ । आफ्नो दिमागलाई सधैँ सकारात्मक सोँचका साथ राखेमा यौन क्षमता बढाउन सकिन्छ ।

के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुपर्छ ।

यौनसम्पर्कका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस गर्नु हुँदैन । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ ।

द जर्नल अफ सेक्सुअल मेडिसिनको अनुसन्धानअनुसार जो पुरुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरू बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।

हप्तामा एक पटक, महिनामा एक पटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित राख्नु हुँदैन । बरु पटक–पटक यौन सम्पर्क गर्नुपर्छ । यसबाट लामो समयसम्म स्टामिना बनाउन सकिन्छ ।

यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।

यौन सम्पर्कको भरपूर आनन्द उठाउने इच्छा छभने रक्सी तथा अल्कोहलमिश्रित पेय पदार्थबाट टाढै रहनुपर्छ । मादक पदार्थको सेवनबाट शरीर कमजोर हुन्छ ।

प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुपर्छ । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ ।

खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफूल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।

Published : Sunday, 2023 April 2, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया