मन्त्री सिफारिस गर्ने अधिकार सभापति देउवालाई
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई मन्त्रीहरू सिफारिसको अधिकार दिएको छ ।
बिहीबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री चयन गरेर सिफारिस गर्ने अधिकार दिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
सभापति देउवाले सबैसँग सल्लाह गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने प्रवक्ता डा.महतले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
Published : Thursday, 2023 March 30, 1:51 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया