मन्त्री छान्न देउवाले बोलाए बैठक, क–कसको सम्भावना ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सभापति देउवाले मंगलबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने गरि बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ । कांग्रेसले सम्भवत भोलि मंगलबार नै सरकारमा सहभागिता जनाउनेछ । कांग्रेसले ६ देखि ८ मन्त्रालयसम्म पाउन सक्नेछ ।

उप–सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसले गृह वा अर्थ मन्त्रालयमध्ये एक पाउनेछ । परराष्ट्र, उर्जा, कृषि, भौतिक, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालयमा कांग्रेसको दाबी छ ।

कांग्रेसबाट धनराज गुरुङ, किशोरसिंह राठौर, डा.प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, एनपी साउद, रामहरि खतिवडा, राजन केसी, सीता गुरुङ, डिगबहादुर लिम्बु, रमेश रिजाल, दीपक खड्का लगायतको नाम चर्चामा छ ।

Published : Monday, 2023 March 27, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया