तरुण दलको ‘निकम्मा’ चितवन कार्यसमिति भङ्ग, २३ सदस्यीय नयाँ समिति गठन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल चितवनको कार्यसमितिलाई भङ्ग गरेर नयाँ कार्यसमिति बनाइदिएका छन् ।

चितवन तरुण दलका पदाधिकारी र सदस्यहरू नेपाली कांग्रेसको विभिन्नमा पदमा रहेपछि अध्यक्ष गुरुङले दोहोरो जिम्मेवारीबाट मुक्त गरिदिएका हुन् ।

अध्यक्ष गुरुङद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा पार्टीको जिल्ला समिति, संघीय निर्वाचन क्षेत्रीय समितिको पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्रीय समितिको पदाधिकारी, पालिका र वडा समितिको पदाधिकारीको जिम्मेवारीमा रहनुभएका नेपाल तरुण दल जिल्ला समिति चितवनका पदाधिकारी एवम् सदस्य साथीहरूलाई पार्टीको जिम्मेवारीमा मात्र रहि काम गर्न सहज होस् भन्ने उदेश्यले दोहोरो जिम्मेवारीबाट मुक्त गरिएको छ ।’

‘नेपाल तरुण दल जिल्ला कार्यसमितिले चितवनसँग समन्वय र छलफल गरि नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले केन्द्रीय कार्यालयको अभिलेख बमोजिम दलको जिल्ला कार्यसमिति तपशिल बमोजिम रहेको छ’, सूचनामा उल्लेख छ ।

राजन ताम्राकारको अध्यतामा २३ सदस्यीय कार्यसमिति बनेको छ । नयाँ कार्यसमितिमा दुई जना उपाध्यक्ष रहेका छन् भने बाँकी सबै सदस्य छन् । उपाध्यक्षमा निरञ्जन सुवेदी र प्रमिश राई रहेका छन् ।

सदस्यहरूमा विश्व बास्तोला, उद्धव त्रिपाठी, विपिन पोखरेल, जितबहादुर तामाङ, रेविजङ तामाङ, सूर्य प्रधान, प्रदीप लामिछाने, सुजन थापा, वैभव लामिछाने, प्रेम ढकाल र सुरज पाठक रहेका छन् ।

त्यसैगरी, अनिस गुरुङ, नारायण सुवेदी, रमेशजंग थापा, झलकप्रसाद लामिछाने, सृजन क्षेत्री, मनोज गुरुङ, सुदन भण्डारी, मनोहर सिग्देल र स्वरुप गुरुङ सदस्यमा मनोनीत भएका छन् ।

Published : Saturday, 2023 March 25, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया