नेपाल प्रहरीको आईजीपीमा कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा भएको छ ।
कुँवरले आफ्ना ४ प्रतिस्पर्धीलाई पन्छ्याएर आईजीपी बन्न सफल भएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरले बिक्रम संवत २०८१ सालको चैत महिनासम्म आईजीपीको जिम्मेवारी सम्हाल्नेछन् ।
कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
आइजीपी धिरजप्रताप सिंहले शुक्रबार मध्यरातिदेखि नियमित अवकाशमा पाउँदैछन् ।
आईजीपीको दौडमा एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए ।
आईजीपीमा बढुवा भएका कुँवर अर्घाखाँची जिल्ला निवासी हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया