सरकारलाई पूर्णता दिनेबारे के बन्यो सहमति ?
काठमाडौं । सरकारलाई छिटोभन्दा छिटो बिस्तार गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति बनेको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको हो । छलफल भएपनि शक्ति बाँडफाँटका विषयमा ठोस सहमति भएको छैन ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारलाई पूर्णता दिने विषयमा छलफल शुरु भएको बताए ।
उनले भने, ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भीक छलफल भएको छ । मन्त्रिपरषदलाई पूर्णता दिने सहमति भएको छ ।’
‘छलफल शुरु भएको छ । चाँडोभन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भएको छ’, लेखकले भनेका छन् ।
उनले भने, ‘संसदमा रहेका महत्वपूर्ण विधेयकहरू छलफल गरेर पास गर्ने कुरामा सहमति भएको छ ।’
नेता लेखकले सरकारलाई समर्थन गरेका सबै दलहरूलाई मिलाएर लैजाने बारेमा पनि छलफल भएको बताएका छन् ।
दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परामर्श गर्नेछन् । त्यसपछि शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुनेछ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया