राष्ट्रपति पौडेलले गरेको प्रतिवद्धता पूरा, कम्युनिस्टले जस्तो तामझाम गरेनन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासबाट बाहिर निस्कँदा सडक खाली गराउन दिएनन् ।

शनिबार पौडेल सडक खाली नगराइ हनुमानढोकास्थित कुमारीघर पुगेर दर्शन गरेका छन् । पौडेल साँझ चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका हुन् । राष्ट्रपति पौडेलले बाटो खाली नगराई कुमारीको दर्शन गरेर फर्केका छन् ।

यसअघि, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना सवारीका क्रममा सडक पूरै खाली गराएर तामझाम गरेर हिँड्ने गरेकी थिइन् । भण्डारीको शैलीको धेरै विरोध भएको थियो । भण्डारीलाई धेरैले आलोचना गर्ने क्रममा ‘महारानी’ भनेर पनि विरोध गर्ने गरेका थिए ।

पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभन्दा अगाडि नै ‘राष्ट्रपति र जनताबीचको सम्बन्ध कस्तो हुनुपर्छ म देखाउँछु’ भनेका थिए । पौडेलले जनतालाई दुःख नदिएर सामान्य तरिकाले कुमारीको मन्दिरमा पुगेर दर्शन गरेर प्रसाद ग्रहण गरेर फर्किएका छन् ।

पौडेल प्रजातान्त्रिक संस्कार र सिद्धान्तलाई अंगालेर आएका नेता हुन् । भण्डारी कम्युनिस्ट विचारधारा बोकी हुन् । भण्डारीले तामझाम चाहन्थिन् । पौडेलले तामझाम गर्न दिएनन् ।

Published : Saturday, 2023 March 18, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया