सभापति देउवाले बोलाए बैठक, कांग्रेस अब कता बस्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत दिने र संसदको बैठकमा सत्ता पक्षको बेञ्चमा बस्नेबारेमा पनि छलफल हुनेछ ।

कांग्रेस केही दिनभित्रै सरकारमा सहभागी हुन लागेको छ । कांग्रेसको भागमा करीव ८ वटा मन्त्रालय पर्ने सम्भावना छ ।

Published : Saturday, 2023 March 18, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया