निकै पीडा दिएर बालिका हत्या अभियोगमा बेमतेनीबाट सोनिया पक्राउ, १७ जना पहिला नै पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले बालिका हत्याको अभियोगमा कथित ‘झाक्री’ २२ वर्षीया सोनिया रेश्मीलाई पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० निवासी १४ वर्षीया बालिका सीता ज्ञवालीलाई लछारपछार गरि कुटपिट समेत गरेर हत्याको अभियोगमा सोनियालाई पक्राउ गरिएको निमित्त प्रवक्ता (ईन्स्पेक्टर) दीपक कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेमतेनी बस्ने सोनियाले कुटपिट गर्दा फागुन २० गते मध्यराति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । झारफुकको बहानामा कुटपिटबाट मृत्यु भएकी सीताको सोही दिन राति नै अन्तिम दाहासंस्कार भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
बालिकाको उपचार गर्न भनेर झाक्री सोनियाले लछारपछार गर्नुका साथै पानी टाउकोमा खन्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ । सो भिडियोका विषयमा पनि प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया